शुक्रबार, साउन १५, २०८३

वर्षा र हिमपात जारी : चिसोले जनजीवन प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

हुम्लामा जारी हिमपात। तस्बिर : रासस

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज पनि देशैभर बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबारदेखि मौसममा आएको खरावी सुधार हुन केही दिन लाग्ने महाशाखाले  जनाएको हो।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले औँल्याइएको छ। 

महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको जानकारी दिए। उनका अनुसार यो मौसमी प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ। 

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने शनिबार मध्य र पूर्वी भेगमा बदली र हल्का वर्षाको सम्भावना छ। आइतबार पनि पहाडी भेगमा बदली र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

वर्षा र हिमपातका कारण यता देश भरको जनजीवन प्रभावित बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।