शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्याजदर नघटाए सरकारलाई तालाचाबी बुझाउने व्यापारीको चेतावनी

व्याजदर नघटाए सरकारलाई तालाचाबी बुझाउने व्यापारीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- बैंकको चर्को व्याजकाविरुद्ध सुर्खेतका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन्। 

बैंक र वित्तिय संस्थाले आफ्नो व्यवसाय नै धरापमा पार्ने गरी व्याजदर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित भएका व्यवसायीहरुले बिहीबार वीरेन्द्रनगरमा शान्तिपूर्ण विरोध र्‍याली निकालेका छन्।

विरोध र्‍यालीपछिको कोणसभामा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बैंकहरुले वृद्धि गरीको व्याजदर नघटाए व्यापारीहरु बैंकलाई नै तालाचाबी बुझाउन बाध्य हुने बताए। ‘व्यवसायीहरुलाई बारम्बार कालोबजारी गरे भन्ने सरकारले आज बैंकहरुको कालोधन्दामा किन मौन बसेको छ?’ रावलले भने ‘बढाइएको व्याजदर नघटाए सरकारलाई तालाचाबी बुझाएर बैंकहरु बन्द गर्न बाध्य हुने छौँ।’

यस्तै संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतले व्यापारीबाट चर्को ब्याज असुलेर आर्थिक समृद्धि नहुने बताए। संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले व्यवसायिक ऋणको ब्याजदर घटाएर ७ प्रतिशतमा नझारे आफ्ना पसल व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने चेतावनी दिए।

कालोबजारी गरेर नै बैंकहरुले वार्षिक ३ अर्ब रुपैयाँसम्म मुनाफा गरेको उनको आरोप थियो। बैंकहरुले आपसी सिण्डीकेट चलाएर व्यापारी व्यवसायीलाई टाट पल्टाउने गरी आपूmखुशी ब्याजदर निर्धारण गर्दापनि राज्य मूकदर्शक बनेको भन्दै व्यवसायीहरुको आरोप छ।

सुरुमा सस्तो ब्याजदरको आश्वासनमा दिएर ऋण लिन उक्साउने तर घरघडेरी धितो राखेर ऋण लिएपछि ढाडै सेकिने गरी ब्याज बढाउनु उचित नभएको उनीहरुको बुझाई छ। व्यापारीले दुई प्रतिशत मात्र फाइदा खाएर व्यापार गर्दा कालोबजारी गरेको देख्ने राज्यले बैंकहरुको सिण्डीकेट र कालोबजारी नदेख्नु आश्चर्यजनक भएको बताउँछन्।

आन्दोलित व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय पुगेको र्‍यालीले सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत अर्थमन्त्रीलाई बिरोधपत्रसमेत बुझाएको छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।