शुक्रबार, साउन १५, २०८३

दिनभर वर्षा र हिमपात: कतै समस्या, कतै उत्साह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- देशभर बिहीबार बिहानैदेखिको वर्षा तथा हिमपातले कतै समस्या गरेको छ भने कतै उत्साह थपेको छ। उच्च हिमाली भेगका जनता भने अहिलेको वर्षाका कारण उत्साहित बनेका छन्। हिमपात हुँखा नजिकको स्थानमा हिउँ खेल्ने जानेहरु पनि निकै उत्साहित बनेका हुन्। 

बिहानैदेखि भएको हिमपात र वर्षाको कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ भने किसानहरु उत्साहित भएका छन्। 

राजधानी काठमाडौंको नजिकैको जिल्ला दोलखाको कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङ डाँडालगायतका उच्च भागमा बिहानैदेखि हिमपात भएको छ भने जिल्लाको अधिकांश भागमा वर्ष भई रहेको छ। वर्षसँगै चिसो बढेपछि उच्चभागमा बसोबास गर्ने वृद्धवृद्धा र बालबालिका चिसोको उच्च जोखिममा परेका छन्। 

भूकम्पबाट क्षति भएको दोलखामा पुनःनिर्माणको काम सम्पन्न भई नसक्दा अस्थाई टहरामा बसोबास गर्दै आएका भूकम्प पीडितको जनजीवन प्रभावित बनेको छ। तीन हजार ८४२ मिटरको उचाइमा रहेका पर्यटकीय क्षेत्र कालिञ्चोकमा एक साताअघि मात्र परेको बाक्लो हिमपात नसकिँदै पुनः बिहानैदेखि बाक्लो हिमपात शुरु भएको छ। 

हिमपात भएसँगै स्थायीय होटल व्यवसायी उत्साहित भएका छन् भने सामान ढुवानीका लागि समस्या हुने कुरीका होटल व्यवसायी हरी ओलीले बताए। 

जिल्लाको अधिकांश ठाँउमा भएको वर्षासँगै किसान भने खुसी भएका छन्। जिल्लामा राम्रो उत्पादन हुने आलु, काउली, बन्द, गहुलगायतको बालीलाई माघमा भएको वर्षले राम्रो हुने र उत्पादन बढ्ने हुँदा किसानहरु उत्साहित भएका छन्। 

वर्षा अझै दुई दिन निरन्तर हुने मौसमविद्‍हरुले बताएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।