शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र प्रचण्ड नै अल्पमतमा, बादलको 'आकाशे' प्रतिवेदनपछि कार्यदलमै हंगामा

ओली र प्रचण्ड नै अल्पमतमा, बादलको 'आकाशे' प्रतिवेदनपछि कार्यदलमै हंगामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : एकीकरण प्रक्रियालाई टुंगो लगाउन नेकपा स्थायी समितिले गठन गरेको कार्यदलको बैठकमा अचानक 'आकाशे प्रतिवेदन' आएपछि विवाद लम्बिएको छ।

कार्यदलको बैठकमा संयोजकसमेत रहेका रामबहादुर थापा बादलले तीन पृष्ठ लामो प्रतिवेदन सदस्यहरुलाई वितरण गरेका थिए। प्रतिवेदन हातमा परेपछि सदस्यहरूले यो कसको प्रतिवेदन भन्दै बैठकमा आपत्ति जनाएका थिए। त्यसपछि यसलाई अध्ययन गर्न समय चाहियो भन्दै बादल र महासचिव विष्णु पौडेलबाहेक सबैले समय मागेका थिए।

स्रोतका अनुसार अध्यक्षद्वयसँग परामर्श गरेर बादलले यो प्रतिवेदन कार्यदलमा लगेका हुन्। यो कार्यदलको प्रतिवेदन होइन, कहाँबाट आयो, कसरी आयो हामी त्यसको अध्ययन गर्छौं, एक सदस्यले नेपाल समयलाई बताए। बैठकमा सदस्यहरुले कार्यदल असफल भएको प्रतिवेदन नबुझाउने अडान लिएपछि शुक्रबार फेरि बैठक बस्‍ने गरी स्थगित भएको छ।

नेतृत्वले माइनस गरेको भन्दै बिहीबार सदस्यहरुबीच विवाद भएपछि कुनै निष्कर्ष निस्किएन। नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी एकता कार्यदलको बैठकमा सदस्यहरूले नेतृत्व तानाशाही हुन खोजेको, स्थायी समितिलाई सचिवालय र सचिवालयलाई अध्यक्षद्वय केपी ओली र प्रचण्डले सञ्चालन गर्न खोजेको आरोपपछि डेढ घन्टा छलफलमा जुटेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ।
बैठकमा बहुमत सदस्यहरुले कार्यदलले तय गरेको मापदण्ड अध्यक्षहरुले मान्नुपर्ने अडान राखेपछि शुक्रबार बस्ने गरी सकिएको छ। स्रोतका अनुसार बिहीबारको बैठकबाट स्थायी समितिमा औपचारिक रुपमा अध्यक्षद्वयको अनुकूल हुने गरी प्रतिवेदन पेस गर्ने तयारी गरेको एक नेताले बताए।

तर कार्यदलका सदस्यहरु संस्थापन पक्षको यो तयारीमा खुलेर विरोधमा लागेपछि यसमा पूर्णविराम लागेको छ। बिहीबार प्रतिवेदन पेस गराएर कार्यदल औपचारिक रूपमा भंग गर्ने संस्थापन पक्षको योजना थियो। तर कार्यदलमा यो विषयमा संस्थापन पक्ष कमजोर भएपछि यसको समय लम्बने भएको छ। कार्यदलको बैठक शुक्रबार संसद्को बैठकको समय अघि वा पछि बस्ने सदस्य सुरेन्द्र पाण्डेले नेपाल समयलाई बताए। उनले भने, ‘आज कार्यदलको बैठकमा केही निर्णय भएन, भोलि फेरि बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’ 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।