काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटालाई गृहनगर कैलालीको टिकापुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ। प्रशिक्षक टमटालाई नगरपालिकाले ५१ हजार नगत सहित समान गरेको हो।
नेपाली क्रिकेटको विकास र नेपाली क्रिकेटले पाएको ऐतिहासिक सफलतामा मुख्य भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले प्रशिक्षक टमटालाई सम्मान गरेको हो।
नेपाललाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय सिरिज जिताउन महत्वपूर्ण भुमिका खेकेका प्रशिक्षक टमटालाई बिहिबार नगदसहित सम्मानित गरेको हो।
नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल र सुदूपश्चिम प्रदेशका सदस्य डा रणबहादुर रावलले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४