वीरगंज- प्रदेश २ को तेश्रो औद्योगिक क्षेत्रको रुपमा रौतहटको चन्द्रनिगाहपुरमा विशेष आर्थिक क्षेत्रु निर्माण गरिने भएको छ।
उद्योग मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले चालु आर्थिक वर्षमा प्रत्येक प्रदेशमा एक(एक वटा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने सरकारी घोषणा अनुरुप रौतहटको चन्द्रनिगाहपुरमा पूर्व पश्चिम राजमार्ग नजिकै ुविशेष आर्थिक क्षेत्रु९ स्पेशल इकोनोमिक जोन, सेज निर्माणको प्रस्ताव गरेको हो।
रौतहटको चन्द्रपुर-७ स्थित नयाँ बस्ती देखि उत्तर, रिङ्गरोडको बस्तीदेखि पश्चिम र आमखोल्सी पूर्व तथा गुप्तेश्वर महादेव मन्दिरको दक्षिण तर्फको करिब एक हजार बिघा वनक्षेत्रको जग्गामा राजनीतिक दलका स्थानीय नेताको सिफारिसमा विशेष आर्थिक क्षेत्र निर्माणको लागी अध्ययन गर्न लागिएको हो।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा संभाव्यता अध्ययनको काम सम्पन्न भइसकेको छ। प्राधिकरणका अनुसार विस्तृत परियोजना अध्ययन (डिपिआर) तयार पार्नको लागी इच्छुक परामर्श दातृ संस्थासँग सार्वजनिक सूचना मार्फत् प्रस्ताव आह्वान गरिएको छ। प्राधिकरणले माघ २१ गते सूचना प्रकाशन गरेको छ।
परियोजना र उद्योग मन्त्रालयका अधिकारीले सेज स्थापनाका लागि यसअघि स्थानीय तथा जनप्रतिनिधी र सरोकारवालासँग अन्तरक्रिया गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश(२ उपाध्यक्ष अशोक वैधले सरकारले भौगोलिक क्षेत्र र पूर्वाधार निर्माण मात्र गरेर विशेष आर्थिक क्षेत्रबाट औद्योगिक विकासमा योगदान नहुने टिप्पणी गरे।
भारत र चीनमा विशेष आर्थिक क्षेत्रको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उपाध्यक्ष वैधले भने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति नियम व्यवहारिक रुपमा कार्यान्वयन गरिनुपर्छ।
उनले भने, सेज परियोजना संचालनमा ल्याउने अवधि पूर्व निर्धारित हुनुपर्छ, सीमराको सेज झैँ दुई दशक कुर्नु पर्यो भने उपयोगी हुँदैन ।
प्रदेश २ को सिराहा जिल्ला सदरमुकाम राजविराजमा वर्षौ पहिले औद्योगिक क्षेत्र निर्माण गरिएको भएपनि अझै सम्म प्रयोग विहिन छ। बुटवलमा निर्माण सम्पन्न भएको विशेष आर्थिक क्षेत्रको प्रयोग पनि कानूनी अड्चनले गती लिन सकेको छैन। काभ्रेमा दुई दशक अघि निर्मित सूचना प्रविधि पार्क प्रयोग विहिन अवस्थामा छ।
प्रदेशको दोश्रो औद्योगिक क्षेत्रको रुपमा सीमरामा विशेष आर्थिक क्षेत्र, निर्माणाधीन छ। करिब ८ सय बिघा क्षेत्रफलमा फैलिएको सीमरा सेजलाई उद्योग मन्त्रालयले तयारी पोशाक र निर्यातजन्य उद्योग संचालनको लागी प्रयोगमा ल्याउने योजना छ।
प्रदेश(२ अन्तर्गत बारा र पर्सामा त्रिभुवन राजमार्ग छेउछाउमा उत्तर दक्षिण फैलिएको औद्योगिक करिडोर अवस्थित भएपनि सरकारले यसलाई औपचारिक रुपमा औद्योगिक क्षेत्रको मान्यता दिएको छैन। निजी क्षेत्रले आफ्नो आवश्यकता अनुसार जग्गा खरिद गरेर पूर्वाधार निर्माण गर्दै उद्योग संचालनमा ल्याएको हो।
अहिले वीरगंज पथलैया करिडरमा जग्गाको भाउ आकाशिएको र उद्योग क्षेत्र छेउछाउ मानव बस्ती,होटल, शिक्षण संस्था बाक्लिंदै गएपछि उद्योग र स्थानीय समुदायबीच प्रदुषणको विषयलाई लिएर द्वन्द्व बढ्दै गएको छ।
उद्योग संचालनको लागी काठमाण्डौ ,चितवन पोखराको साथै भारतीय बन्दरगाहबाट सबैभन्दा छोटो दूरीमा अवस्थित भएकोले पनि यहाँको भौगोलिक अवस्थिति उद्योगीको लागी आकर्षक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४