शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यूट्रलमा छोडेर ड्राइभर पिसाब गर्न जाँदा जीप भिरतिर

न्यूट्रलमा छोडेर ड्राइभर पिसाब गर्न जाँदा जीप भिरतिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल फाेटाे

सिन्धुली - गुडेको गाडी दुर्घटना हुनुलाई त सामन्य मानिन्छ। तर रोकेको गाडि गुडेर दर्घटना बिरलै हुन्छ। बिहीबार सिन्धुलीको फिक्कलमा त्यस्तै एउटा डरलाग्दो दुर्घटना भएको छ।

बिहीबार बिहान सिमसिम पानी परिहेको थियो। आफ्नै सुरमा कुदिरहेको जीप सिन्धुलीको फिक्कल गाँउको कामीडाँडामा रोकियो । उनलाई पिशाबले च्यापिसकेको थियो । एकछिन पिशाब गरेर आउँछु भन्दै गाडी न्युट्रलमै छोडेर उनी सडकको छेउतिर लागे र झ्याल पनि बन्द गरे।

उनी पछाडि फर्कदा गाडी अगाडि बढेको देखें र उनी गाडीतिर दौडिए। यात्रुतिरको ढोकाबाट छिर्न खाजे र गाडी धेरै अगाडि बढिसकेको थियो । उनले धेरै प्रयास गरे तर ढिला भइसकसेको थियो र  नियन्त्रण गर्न सकेनन् र गाडी भिरमा खस्यो । ख्यालख्यालमै एउटा डरलाग्दो दुर्घटना भयो । रोकिएको गाडीमा एकाएक भीर खसेको देखेपछि गाउँलेहरु स्तब्ध भए र घटनास्थलतर्फ दौडिए।

चालक पिशाब गर्न गएका बेला कुनै यात्रुले न्यूट्रलमा रहेको गियर चलाउँदा यस्तो दुर्घटना भएको आशंका गरिएको छ। पाँचजनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका छन् । 

घटनास्थलमा रहेका  फिक्कल गाउँ पालिकाका अध्यक्ष घनश्याम कार्कीले नेपाल समयसँग भने, चालक पिशाब गर्न जाँदा न्युट्रलमा रहेको गियर कसैले चलाउँदा यस्तो र्दुघटना भएको छ। करिब सय मिटर तल खसेको छ । 

महादेव डाँडाबाट सिन्धुली सदरमुकामतर्फ हिडेको जीपका चालक थिए, सिन्धुलीको मानबहादुर सुनुवार। सुनुवार पनि सिन्धुली जिल्लाका महादेव डाँंडा निवासी हुन् । उनी यस क्षेत्रका परिपक्व चालक भएको स्थानीयहरु बताउँछन् ।घाइते भएका चालक सुनुवारको अवस्था पनि गम्भीर भएको अध्यक्ष कार्कीले बताए।

पाँच जनाको मृत्यु, नौ जना घाइते

दूर्घटनमा एकै गाँउपालिकाका पाँच जनाको मृत्यु भएको छ। 

दूर्घटनमा चार जनाको घटनास्थलमा नै मृत्यू भएको हो भने एक जनाको उपचारका क्रममा लैजादै गर्दा मृत्यु भएको फिक्कल गाँउपालिकाका अध्यक्ष घनश्याम कार्कीले नेपाल समयलाई जानकारी दिए। घाइते र मृतक सबै फिक्कल गाउँपालिकाका बासिन्दा हुन्।
 
दूर्घटनमा परी मृत्यु हुनेमा फिक्कल ३ कि ४५ बर्षीया शान्तिमाया श्रेष्ठ, फिक्कल २ की ३६ बर्षीया लक्ष्मी विक, फिक्कल ३ का ५५ बर्षका कुलमान तामाङ र फिक्कल २ का अनिता महतो न्यौपाने छन्।

यसैगरी दूर्घटनमा परी घाइते हुनेमा फिक्कल ३ का २६ बर्षीया मानबहादुर सुनुवार ( चालक) फिक्कल ३ का ४८ बर्षीय दिपक सुनुवार , ४८ बर्षीय दिपक श्रेष्ठ,  ६६ वर्षीया गंगामाय विक, फिक्कल २ का चन्द्रमाया विक, फिक्कल १ का ४५ बर्षीय राजेश सुनुवार, ६० बर्षीय नन्दलाल विक, र दूधौली १२का  २३ बर्षीया गणेश घिसिङ छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।