धनगढी – कैलाली बहुमुखी क्याम्पसमा स्थापित साहित्यीक संस्था विद्यार्थी साहित्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरिएको छ। सत्य उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।
प्रतिष्ठानको उपाध्यक्ष (प्रथम) मा पदम राज जोशी, उपाध्यक्ष (द्वितिय) मा शुशिला चौधरी, महा–सचिबमा यमराज जोशी ,सचिवमा दीपिका मल्ल, काषध्यक्षमा सुनिता साउद चलयन भएका छन्।
यस्तै सदस्यमा आभास उपाध्यय, अशोक बिष्ट, जनक ऐडी, चक्र चुनारा, गणेश बम, जल प्रकाश चौधरी र किरण बडु चयन भएका छन्।
नयाँ समितिलाई पूर्व अध्यक्ष तोयनाथ भट्टले शुभकामना दिएका थिए। उनले नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्ने विश्वास लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४