शुक्रबार, साउन १५, २०८३

चितुवाको छालासहित दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काभ्रे भकुण्डेबेँसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको छाला फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।