आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकैदिन प्रतितोला ५ हजारले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एकैदिन प्रतितोला ५ हजारले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

 |  सोमबार, असार १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०८३

काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ।

आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा रु १२० ले बढेको छ। आइतबार प्रतितोला रु चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५ निर्धारण भएको छ। शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 15, 2026| 12:45 सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्