बुधबार, चैत २५, २०८२

पिएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले भिल्लीफ्रान्चेलाई पराजित गर्दै फ्रेन्च कपको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब भिल्लीफ्रान्चेलाई ३-० ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तेस्रो डिभिजनको क्लबलाई पराजित गर्न पिएसजीले खेलको अतिरिक्त समय सम्म संघर्ष गर्नु पर्यो । निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट कुनै गोल हुन नसके पछि खेलमा अतिरिक्त समयको थप गरिएको थियो । जसमा पिएसजी हावी हुँदै तीन गोल गर्यो । 

अतिरिक्त समयमा पिएसजीको जितका लागि जुलियन ड्रेक्सलर, मोउसा डियावी र एडिन्सन काभानीले एक एक गोल गरे । अतिरिक्त समयको १०२औं मिनेटमा जुलियन ड्रेक्सलरले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । 

त्यस्तै ११३औं मिनेटमा केलियन एमबाप्पेको पासमा मोउसा डियावीले गोल गर्दै पीएसजीे अग्रता दोब्बर पारे । ११९औं मिनेटमा एमबाप्पेकै पासमा काभानीले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।