शुक्रबार, साउन १५, २०८३

देशभर मौसम बदली : कतै हिमपात कतै पानी पर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं –  पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज काठमाडौं उपत्यकासहित देशैभरको मौसम पुनः प्रभावित भएको छ। मौसम पुनः धुम्मिएको छ भने काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। 

मौसममा आएको खराबीका कारण हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ। महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। 

पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना रहेको र पश्चिमिका साथै मध्य भू–भागका केहि स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेको जनाइएको छ। देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ। 

मध्य तथा पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगको केही स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले तीन दिन मौसममा खराबी आउने जानकारी गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।