शुक्रबार, साउन १५, २०८३

बार्सिलोना र रियलले बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो गेलमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेलेको छन् । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको पहिलो लेगमा बार्सिलोना र रियलले १-१ गोलको बराबरी खेलेका हुन् ।

पहुना टोली रियलले घरेलु टोली बार्सिलोनाविरुद्ध सुरुवाती अग्रता लिएको थियो । तर सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बार्सिलोनासँग अंक बाढ्न बाध्य भएको हो । पहिलो हाफको ६ मिनेटमा नै रियलले सुरुवाती अग्रता लिएको थियो । करिम बेन्जिमाको पासमा गोल गर्दै लुकास भाजक्वेजले सुरुवाती अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १-० ले अग्रता लिएको रियलले दोस्रो हाफमा एक गोल खाँदै खेल बराबरीमा सकियो । मुख्य स्ट्राईकर मेस्सी बिना खेलको सुरुवात गरेको बार्सिलोनाले दोस्रो हाफको ५७ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । 

माल्कोमले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । बार्सिलोना लगातार पाँचौ पटक प्रतियोगिता जित्ने अभियानमा रहेको छ । मेस्सी चोटका कारण दोस्रो हाफको ६३ औ मिनेटमा मात्र मैदान छिरेका थिए । अब दुबै टोलीले दोस्रो खेल फेब्रुअरी २७ मा आमने सामने हुने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।