शुक्रबार, साउन १५, २०८३

कांग्रेस बैठक : नेविसंघबारे फेरि किचलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

​​​​​काठमाडौं-  नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति भंग गर्ने वा म्याद थपेर निरन्तरता दिनेबारेमा बुधबार पनि टुंगिएन। 

माघ २ गते थपिएको म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिका बारेमा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा नेताहरूबीच विवाद भएपछि बैठक बिहीबारलाई सारिएको छ।उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव राखेका थिए।

बैठकमा संस्थापन पक्ष नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिलाई विघटन गरेर महाधिवेशन  गर्न तदर्थ समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको छ। यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष केही लचिलो देखिएको छ। तर गठन गरिने तदर्थ समितिको स्वरुप र मापदण्डबारे पौडेल पक्षको फरक मत छ।

अर्का नेता कृष्णप्रसाद सिटौला अहिलेकै कार्यसमितिलाई निरन्तरता दिएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। सिटौलाले वर्तमान कार्यसमिति विघटन गर्दा विवाद बढ्ने र यसले महाधिवेशन नै अन्योलमा पर्ने तर्क राखेका छन्।

पार्टीले विधान संशोधन गरेर थप गरेको नेविसंघको वर्तमान कार्यसमितिको अवधि पनि  माघ २ गते समाप्त भइसकेको छ। तर कांग्रेसले माघ १० गते बस्‍ने केन्द्रीय समिति बैठकले गर्ने निर्णयानुसार हुने भन्दै महर नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो।   

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौंको सहभागितालाई आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन अयोजना गर्ने सबै जिल्लाको पार्टी पंक्तिलाई बैठकले बधाई ज्ञापन गरेको छ। प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै संचार माध्यमलाई पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।