बुधबार, चैत २५, २०८२

डिपिएलको विजेताले ३० लाख पाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- धनगढी प्रिमियर लिग (डिपिएल)को विजेता टोलीले ३० लाख पाउने भएको छ । तग बर्षको विजेता राशीबाट बीस प्रतिशत बढाउँदै यसबर्ष ३० खाल पुर्याईएक्को आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस रिलिज मार्फत जानकारी दिएको हो । 

त्यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ । 

प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको प्रेस रिलिजमा जानकरी दिईएको छ । 

यससँगै डिपिएलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुशा शाहीले जानकरी दिए । मैदानमा ५ वटा पीच निर्माण गरिएको छ । 

अस्थायी प्याराफिट निर्माण र यातायात सेवा

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले-अफमा ७० र फाइनलमा १०० तोकिएको छ । 

टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ । दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निशुल्क बस सेवाको व्यवस्था गरिएको छ ।

वल्र्ड भिजनसँग बाल विवाह अन्त्यका लागि सहकार्य 

रुस्लान धनगढी प्रिमियर लिग ३ मा वाल विवाह विरुद्धका जनचेतनामुलक सन्देशहरु प्रवाह हुने भएका छन् । सिरिजभरी उद्घोषकले वाल विवाह न्युनीकरणका लागि जनचेतनामुलक सन्देशहरु प्रवाह गर्ने सहकार्य आयोजक धनगढी क्रिकेट एकेडेमीले वल्र्ड भिजन ईन्टरनेशनल नेपाललले गरेको छ । 

खेल मैदान अवरपर र स्कोर बोर्डमा पनि वाल विवाह सम्बन्धी सन्देशहरु राखिने भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।