शुक्रबार, साउन १५, २०८३

बलात्कारीलाई मृत्युदण्ड दिन सांसद भुसालको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद पुष्पा भुसालले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भुसालले पीडित १६ वर्षभन्दा कम उमेरका भएका घटनामा अपराधीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेकी हुन्।

पछिल्लो एक वर्षमा पाँच सय ३५ बलात्कारका घटना भएको तथ्यांक प्रस्तुत गर्दै उनले ती घटनामा २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको रहेको बताइन् । उनले महिला हिंसा न्यूनीकरण गर्न सरकारले बेवास्ता गरेको आरोप लगाइन्।

भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरिपरि घुमेको तर सरकारले पक्राउ गर्न नसकेको बताइन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।