शुक्रबार, साउन १५, २०८३

जापानी बक्सरलाई एक मुक्कामै ढाल्ने नेपाली (भिडियो सहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

टोकियो- नेपाली बक्सर खेलाडी म्याक्स बस्नेतले जापानी बक्सर खेलाडीलाई रिङ्गमा एक पञ्चमै लडाएका छन् । आइतबार योकोहामा सिटीको होटेल मेल पार्कस्थित भएको मुराकामी बक्सिङ च्याम्पियनशिपमा म्याक्सले जापानका पूर्व राष्ट्रिय बक्सिङ च्याम्पियन इतोलाई रिङ्गमा एक पञ्चमै लडाएका हुन । 

इतोलाई पराजित गर्दै उनी मुराकामी बक्सिङ च्याम्पियनशिपमा च्याम्पियन भएका छन् । नेपालमा १४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन बनेका बक्सर म्याक्सले ३ पटक सम्म बक्सिङ वेष्ट प्लेयर अवार्ड समेत जितेका छन् । 

भारतीय राष्ट्रिय बक्सिङ च्याम्पियन असिदिप बुलरलाई ५ महिना अघि हराएर सनसनी मच्चाएका म्याक्सले त्यसलाई निरन्तरता दिंदै जापानी बक्सरमाथि जित निकालेर नेपाली झण्डा फहराएका छन् ।
(भिडियो)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।