शुक्रबार, साउन १५, २०८३

छोरी 'टप' बनाएकाे परीक्षा रद्द, छानबिन सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कृषि तथा वनविज्ञान विश्वविद्यालयको विवादित प्रवेश परीक्षा रद्द भएको छ । गत पुस ५ गते पशुविज्ञान तथा मत्स्य विज्ञान संकायको प्रवेश परीक्षामा बाबुले परीक्षा लिएर छोरीलाई टपर बनाएपछि विश्वविद्यालय विवादमा तानिएको थियो । उक्त विश्वविद्यालयको प्रवेश परीक्षामा अनियमितता भएको विषयमा नेपाल समयले गत माघ १० गते समाचार प्रकाशित गरेको थियो ।

गत माघ ५ गते लिइएको मत्स्यविज्ञान तथा पशुविज्ञानको प्रवेश परीक्षा रद्द गरी अर्को परीक्षा आगामी फागुन ७ र ८ गतेका लागि तय गरिएको छ ।

कृषि तथा मत्स्यविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा फेल भएका सीमा जमकट्टेल, अपराजिता ओझा र अनिता भट्टराईलाई पशुविज्ञानको प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनाइएपछि परीक्षाको मर्यादा र वैधानिकतामाथि प्रश्न उठेको हो । यसको विरोधमा प्राध्यापकले डिन कार्यालयमा ताला लगाइदिएका थिए ।

पशुविज्ञानको परीक्षामा सर्वोत्कृष्ट बनाइएकी सीमा परीक्षा समितिका सदस्यसचिव रहेका सहायक डिन मातृका जमरकट्टेलकी छोरी हुन् । सहायक डिन भर्ना समितिको सदस्यसचिव रहने प्रावधान छ । आफ्ना छोराछोरी वा श्रीमान्श्रीमती र नजिकका नातेदार परीक्षार्थीका रूपमा उपस्थित भएमा समितिमा स्वयं सदस्य सचिवसमेत रहन मिल्दैन । आफ्नै छोरी परीक्षार्थी रहेको पशुविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा सदस्यसचिवसमेत रहेका सहायक डिन जमकट्टेल सहभागी भएर अनियमितता गरेको आरोप प्राध्यापक र विद्यार्थी संगठनले लगाएका थिए।

आफ्नै बुवाले प्रश्नपत्र तयार गरेको र उत्तरपुस्तिका परीक्षण गरी छोरीलाई सबैभन्दा बढी अंक दिएको विरोध भएपछि विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना प्रक्रिया नै अवरुद्ध भएको थियो।

परीक्षा समितिमा पशुविज्ञान संकायका सहायक डिन जमकट्टेल, कृषि संकायका सहायक डिन विष्णुराज ओझा र पशुविज्ञान संकायका प्राध्यापक निराजन भट्टराई थिए । सहायक डिन ओझा र प्राध्यापक भट्टराईका छोरीलाई पनि प्रवेश परीक्षामा उत्कृष्ट बनाइएको थियो  । परीक्षामा सीमाले ७८, कृषिका सहायक डिन ओझाकी छोरी अपराजिताले ७४.७७७ र पशुविज्ञान संकायका प्राध्यापक भट्टराईकी बहिनी अनिताले ७८ अंक ल्याएका थिए ।

यी तीनै छात्रा कृषि संकायको स्नातकोत्तर र मत्स्य विज्ञान संकायको परीक्षामा असफल विद्यार्थी हुन् । माघ ५ गते भएको पशुविज्ञानको परीक्षामा १२० जना सामेल थिए । जसमा २५ अनुत्तीर्ण भएका छन्। कृषिविज्ञानको प्रवेश परीक्षा मंसिर १ गते भई सोही दिन नतिजा सार्वजनिक भएको थियो । पशुविज्ञान र मत्स्त्यविज्ञानको परीक्षा भने माघ ५ गते भई सोही दिन नतिजा सार्वजनिक भएको थियो ।

कृषिविज्ञानको परीक्षामा सहभागी ४८१ मध्ये २१३ जना उत्तीर्ण भएका थिए । यस्तै पशुविज्ञानतर्फ ११७ परीक्षार्थीमध्ये ६२ जना सफल भएका थिए । मत्स्यविज्ञानमा भने परीक्षामा सहभागी ४५ मध्ये तीन मात्र उत्तीर्ण भएका थिए ।

विश्वविद्यालयको परीक्षासम्बन्धी निर्देशिकामा परीक्षा समितिमा विभिन्न संकायका डिनमध्येबाट १, स्नातकोत्तर कार्यक्रम निर्देशक १, विभिन्न संकायका विभागीय प्रमुख ३, प्राध्यापकमध्येबाट २, आर्थिक प्रशासन प्रमुख १, शैक्षिक प्रशासन प्रमुख १, सदस्यसचिव १ र डिनले तोकेको अध्यक्ष १ गरी ११ जना सदस्य रहने उल्लेख छ । विश्वविद्यालयले गल्ती स्वीकार गर्‍यो

कृषि तथा वनविज्ञान विश्वविद्यालयले गत माघ ५ गते पशुविज्ञान र मत्स्य विज्ञानको प्रवेश परीक्षामा आफ्नो गल्ती स्वीकार्दै दोषीमाथि छानबिन सुरु गर्ने बताएको छ । पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय डिन शारदा थपलियाले प्रवेश परीक्षामा त्रुटि भएको स्वीकार्दै दोषीमाथि छानबिन गरी कारबाहीका लागि उपकुलपतिसमक्ष पत्र पठाएको बताइन् । 

यो पनि, कृषि तथा वनविज्ञान विश्वविद्यालयको अनियमितता
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।