शुक्रबार, साउन १५, २०८३

आज सांसदहरुले चार मन्त्रीलाई रोष्टममा उभ्याउने  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ-  प्रतिनिधिसभाको बुधबार (आज) बस्ने बैठकमा ४ मन्त्रीहरुलाई सांसदले रोष्टममा उभ्याउने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको  बैठकमा एक सांसदले  मन्त्रीहरुलाई दुईवटा प्रश्न सोध्ने भएका छन् । 

आजको बैठकको प्रश्नोत्तर कार्यक्रममा चारजना मन्त्रीले सांसदहरुको प्रश्नको सामना गर्ने भएका छन् । यसरीे प्रश्नको जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत र महिला तथा बालबालिका मन्त्री थममाया थापा रहेका छन ।

गृहमन्त्री थापालाई निर्मला पन्त हत्या प्रकरण, ३३ केजी सुन, गोठाटारको इन्काउन्टरलगायतको विषयमा सांसदहरुले प्रश्न गर्ने भएका छन् । 

त्यस्तै अर्थमन्त्री खतिवडालाई नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरिएको, त्यसलाई रोक्न भइरहेको पहल र नेपालको अर्थतन्त्रमा देखिएको समस्यका बारेरमा सांसदहरुले प्रश्न गर्ने भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।