काठमाडौं- केहि दिन यता सफा देखिएको मौसम फेरि बद्लिने भएको छ । बुधबार दिउँसोबाट नै मौसममा बदलि आउने र बिहिबार देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार पश्चिमी वायूको प्रभावका कारण बिहीबार र शुक्रबार मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू-भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ ।
बिहीबार भने देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको महाशखाले जनाएको छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा हुने छ भने हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
मौसम विभागले जारी गरेको सुचनाअनुसार
माघ २३ गते (बुधबार)
दिउँसो : देशका पश्चिमि भू-भागमा पूर्ण बदली , मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने संम्भाबना छ। पश्चिमि भू-भागका थोरै स्थानमा हल्का बर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको छ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा सम्भावना रहेको छ| साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ।
माघ २४ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र देशको पश्चिमि साथै मध्य भु-भागको १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|
राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ|
माघ २५ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|
राति : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४