शुक्रबार, साउन १५, २०८३

भेनेजुएलाको भंगालोमा कम्युनिस्ट कूटनीति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सन् १९०१ मा अमेरिकाको २६ औं राष्ट्रपति बनेका टी रुजवेल्टको कथन कूटनीति इतिहासमै बेजोड चर्चित छ। यसको ठ्याक्कै नेपाली रूपान्तर गर्न त गाह्रो छ। किनकि उक्त कथन एउटा ‘फ्रेज’ हो। तैपनि त्यसको नेपालीमा भावानुवाद ‘नरम वोल तर आफ्नो लौरो दह्रो लिएर खुरुखुरु हिँड्यौ भने धेरै परसम्म पुगिन्छ।’ टी रुजवेल्टको यो कूटनीतिक कथनलाई ‘बिग–स्टिक थ्योरी’ को नामले चिनिन्छ।

रुजवेल्ट सिद्धान्तको ठीक विपरीत ‘न त दह्रो लौरो, न नरम बोली’ को कारणले अहिले नेकपाको सरकार कूटनीतिक धरापमा परेको छ। अन्तर्राष्ट्रिय मामिलामा आफैँले थेग्न नसक्ने कूटनीतिक वक्तव्यबाजीका कारण सर्वत्र आलोचित नेकपाको कूटनीतिक वक्तव्य अहिले आन्तरिक राजनीतिक बहसको समेत विषय बनेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हालै भेनेजुएलामा भएको राजनीतिक घटनाक्रम र त्यसमा देखिएको अन्र्राष्ट्रिय चासोलाई लिएर सार्वजनिक गरेको पार्टीको आधिकारिक वक्तव्यले सरकारलाई अप्ठ्यारोमा पारेको थियो। पार्टीको वक्तव्यले भेनेजुएलाको राजनीतिक घटनाक्रममा राष्ट्रपति निकोलास मदुरोको बचाउ गर्दै अमेरीकी सरकारको हस्तक्षेपको विरोध गरेको थियो।

स्मरण रहोस्, वामपन्थी समर्थक वर्तमान राष्ट्रपति निकोलास मदुरोलाई अपदस्थ गरेको घोषणा गर्दै भेनेजुएला संसद्को राष्ट्रियसभाका सभामुखसमेत रहेका हुँवा गुइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। सन् २०१३ मा क्यान्सरबाट मृत्यु भएका ह्युगो चावेजका उत्तराधिकारीका रुपमा रहेका वर्तमान राष्टपति गुइदोले भेनेजुएलामा चरम आर्थिक संकटको सामना गरिरहेका छन्। गुइदो भेनेजुएलाका विपक्षी दलका नेतासमेत हुन्।

पेट्रोलियम पदार्थ उत्पादनमा धनी मुलुक मानिने भेनेजुएला विगत केही वर्षयता निरन्तर अर्थतन्त्रमा ‘ग्रेट डिप्रेसन’ भोग्दै आएको छ। पेट्रोलियम पदार्थको उत्पादन र त्यसैमा निर्भर रहेको भेनेजुएलाको अर्थतन्त्र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दै गएपछि डावाँडोल हुन पुगेको थियो। तेल उत्पादनबाहेक उत्पादनका अन्य क्षेत्रमा राज्यको खासै चासो नरहेकाले आर्थिक मन्दी चुलिँदै गएको र त्यसले मुलुकमा भयावह परिस्थिति निर्माण गरेको छ। लाखौं जनसंख्या शरणार्थीका रूपमा पलायन हुने क्रम जारी छ। समानता र सामाजिक सुरक्षाका नाममा अत्यधिक राज्यकोषको प्रयोग गरिए कारण यस्तो संकट निम्तिएको भन्दै अहिले ह्युगो चावेजको आर्थिक नीतिको सर्वत्र आलोचना भइरहेको छ।
 
भेनेजुएलासँग न नेपालको कुनै कूटनीतिक सम्बन्ध छ, न दूतावास नै। तर ‘अमेरीकी हस्तक्षेप’ को विषय उठाएर दाहाल अप्ठ्यारोमा परेका छन्। उनले विद्रोही माओवादीको नेता हुँदा जस्तै आफ्नो भाषा र शैलीलाई अभिव्यक्त गरेर पार्टी बाहिर मात्र होइन, पार्टीभित्र पनि आलोचना खेपेका छन्।

भेनेजुएलाको आर्थिक संकट राजनीतिक संकटमा बदलिएको र त्यसमा अमेरिकाको साथ विपक्षी नेता गुइदोलाई रहेको मानिन्छ। यसै घटनामा आधारित रहेर सत्ताधारी नेकपाका अध्यक्ष दाहालले अमेरिकाको भूमिकासमेतलाई मुछेर वक्तव्य जारी गरेका थिए। उक्त वक्तव्यले कूटनीतिक वृत्तमा हलचल ल्याएपछि राजनीतिक माहोल पनि तातेको छ। गैरकूटनीतिक भाषा प्रयोग गरिएको दाहालको वक्तव्यलाई लिएर बिना कुनै उल्लेख्य प्रसंग नेपाल–अमेरिका सम्बन्ध चिसिएको छ।

विदितै छ, भेनेजुएलासँग न नेपालको कुनै कूटनीतिक सम्बन्ध छ, न दूतावास नै। तर ‘अमेरिकी हस्तक्षेप’ को विषय उठाएर दाहाल अप्ठ्यारोमा परेका छन्। उनले विद्रोही माओवादीको नेता हुँदा जस्तै आफ्नो भाषा र शैलीलाई अभिव्यक्त गरेर पार्टी बाहिर मात्र होइन, पार्टीभित्र पनि आलोचना खेपेका छन्। भर्खरै दाहालको वक्तव्यलाई लिएर पार्टीभित्रसमेत गैरकूटनीतिक भाषा प्रयोग गरिएको भन्दै दाहालको आलोचना भएको छ। भेनेजुएलाको राजनीतिमा ह्वुगो चावेजको उदय पनि पुष्पकमल दाहालजस्तै चामत्कारिक नेतृत्वका रुपमा भएको थियो। वामपन्थी समर्थक चावेज साम्राज्यवादविरोधी संघर्षको सारथीका रूपमा आफूलाई चिनाउँथे। यही चिनारीले गर्दा अमेरिका र उनको सम्बन्ध राम्रो थिएन। अहिले दाहाल चावेजको उत्तराधिकारीको जस्तो गरेर वक्तव्य जारी गर्नाले नेपाल–अमेरिका सम्बन्ध चिसिएको हो।

उक्त घटनापछि नेपाली राजदूत अर्जुन कार्कीलाई अमेरिकाले विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिएको छ। अर्कोतिर नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्रीसमेत उपस्थिति रहेको परराष्ट्र मन्त्रालयले आयोजना गरेको कूटनीतिक समुदायका प्रतिनिधिसँगको ‘ब्रिफिङ’ मा आफ्नो अनुपस्थिति जनाएका छन्। कूटनीतिक रुपमा यसको संकेत दीर्घकालसम्म देखिन सक्छ भन्ने कुरामा दाहाल चुकेका मात्र छैनन्, नियोजित रुपमा नेपाल अमेरिका सम्बन्धलाई बढी पेचिलो बनाउने रणनीतिमा देखिन्छन्। किनकि भर्खरै उनको वक्तव्यलाई लिएर पार्टीमा भएको छलफलमा पनि दाहालको धारणामा खासै भिन्नता देखिएन। उनको भाषालाई पार्टी गैरकूटनीति भाषाको संज्ञा दिए पनि आशयको अर्थमा कुनै त्रुटि नभएको संकेत दाहालको थप प्रस्टीकरणको वक्तव्यमा अभिव्यक्त भएको छ।

बिग्रिसकेको वक्तव्यलाई पार्टीले सच्याउन खोजेको भए पनि दाहालको अपरिपक्वताले सरकारलाई अप्ठ्यारोमा पारिदिएको छ। एकातिर दाहालको आलोचना गर्न प्रधानमन्त्रीलाई अहिले सजिलो छैन भने अर्कोतिर नेपाल–अमेरिका सम्बन्धलाई तत्कालै सामान्य बनाउन प्रधानमम्त्री ओलीलाई सकस परिहेको छ। तटस्थताको सिद्धान्तमा आधारित विदेश सम्बन्धलाई यसरी हल्काफुल्का रुपमा लिने दाहाल मात्र एक्ला नेता भने होइनन्। नेपाली नेताहरुको विषयवस्तुको गम्भीरतालाई ख्याल नगर्दा यस्ता विवादास्पद घटना दोहोरिरहन्छन्। नेपाली नेताहरुले दाहालको यस गल्तीबाट पाठ सिके भने अहिले गल्ती भए पनि भविष्यको लागि सकारात्मक पाठ बन्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।