शुक्रबार, साउन १५, २०८३

महोत्सवमा समेत मार्सी चामलको कारोबार बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भद्रपुर- झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । 

‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताए । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ । 

“पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो”, उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्र्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।” 

पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।  

महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनले बताए । उनका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।