एजेन्सी- अन्तर्राष्ट्रिय क्लब फुटबलमा सबै भन्दा बढी नजर जब स्पेनिस महारथीद्धय बार्सिलाोना र रियल मड्रिडबीच भिड्न्त हुन्छ तब सबैले चासोको रुपमा हेरेका हुन्छन् । अबका चार हप्तामा रियल र बार्सिलोना तीन पटक आमने सामने हुँदै छन् ।
जसमा बुधबार राति स्पेनिस कोपा डेल रे फुटबल सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा दुबै टोली आमने सामने हुँदै छन् । तर, बार्सिलोनालाई यति बेला चोटको पिरलो छ । केहि हप्ता अघि चोटको चपेटामा ओसमाने डेम्बेले पेरेका थिए ।
उनी भने रियलविरुद्धको खेलमा उपस्थित हुने छन् । तर, कप्तान लियोनल मेस्सी रियलविरुद्धको खेलमा उपस्थित हुने वा नहुने कुनै टुङ्गो छैन् । उनी पछिल्लो पटक ला लिगामा भ्यालेन्सियाविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए ।
भ्यालेन्सियाविरुद्ध घाइते भए पनि उनले उक्त खेल भने ९० मिनेट नै खेलेका थिए । त्यस्तैले उनको तीघ्राको मांशपेसीमा समस्या देखिएपछि रियलविरुद्धको पहिलो लेग खेल्न सम्भावना ज्यादै न्यूनरहेको हो ।
यता रियलका सबै खेलाडी भने फिट देखीएका छन् । पछिल्लो समय लयमा देखीएको रियलविरुद्ध बार्सिलोनाले आफ्ना स्टार खेलाडी मैदान नउतार्दा पक्कै पनि बार्सिलोनालाई सहज हुने छैन् । रि।यलले पछिल्ला पाँच खेलमा लगातार जित हात पारेको छ ।
यसैले पनि बार्सिलोना उच्च मनोबलका साथै मैदानम उत्रिने छ । तर, यसअघि भएको पहिलो भेटम बार्सिलोनाले आफ्ना घरेलु मैदानमा रियललाई ५-१ ले पराजित गरेको थियो । जतिबेला रियल नराम्रो अवस्थामा गुज्रि रहेको थियो । तर, अहिले भने रियलको त्यो अवस्था छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४