शुक्रबार, साउन १५, २०८३

आजका अखबार : किन सुध्रेन अझै आर्थिक सूचकहरु ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

नागरिक र अन्नपूर्ण पोस्ट्ले उखु किसानलाई परेको अन्याय र उनीहरुको व्यथालाई मुख्य समाचार बनाएका छन् भने कान्तिपुर र नयाँ पत्रिकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको विषयलाई प्रमुखताका साथ छापेका छन् । 

आजको कान्तिपुर दैनिकले सरकारको पहिलो वर्षः सूचक किन सुध्रेन ? शीर्षकमा मुख्य समाचार छापेको छ ।

समाचारमा लेखिएको छ– स्थिर सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि आर्थिक सूचकहरु सकारात्मक बनेका छैनन्, अर्थतन्त्रले गति पक्रिन सकेन, बजारमा सुस्ती छाएकोछ, उद्यम बढेको छैन । निजी क्षेत्रका प्रतिनिधिका अभिव्यक्तिले लगानीको उत्साह छैन् ।

आन्तरिक लगानी बढेको छैन, वैदेशिक लगानी अघिल्लो वर्षको तुलानामा घटेको समाचारमा उल्लेख छ। निजी क्षेत्रलाई तर्साउने गरी सरकारमा रहेकाहरुले  दिने अभिव्यक्ति, नियन्त्रणमुखी कानुन र नीजी क्षेत्रको कुरै नसुन्ने सरकारको शैलीले  दुरी बढेको विश्लेषकहरु बताउँछन् । 

यस्तै नयाँ पत्रिकाले पनि मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको विषयलाई मुख्य समाचार बनाएको छ ।

उसले अर्थतन्त्रमा समस्या, अर्थमन्त्रालयमा बैठक शीर्षकमा खबर छापेको छ । अर्थमन्त्रीले बोलाएको आकस्मिक बैठकमा राष्ट्र बैंकका गभर्नर, अर्थ र उधोग मन्त्रालयका सचिव तथा निजी क्षेत्रका प्रतिनिधिलाई डाकिएको छ । बैठकमा बैंकमा तरलता संकट, ब्याजदर वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा गिरावटबारे गम्भीर समीक्षा हुने समाचारमा उल्लेख छ । 

नागरिक दैनिकले भने साझा प्रकाशन संकटमा परेको, कानुन नबन्दा स्थानीय तहको काममा बाधा देखिएको र उखु किसानले सबा तीन अर्ब भुक्तानी पाउन बाँकी रहेको विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ । 

उखु किसानलाई सधैं अन्याय शीर्षकमा छापिएको मुख्य समाचारमा लेखिएको छ– उखु विक्रिको रकम नपाएपछि सर्लाहीका किसानले आत्मादाहको चेतावनी दिएका छन् । देशभरका किसानले सबा तीन अर्ब भुक्तानी पाउन बाँकी छ ।

अन्नपूर्ण पोस्ट्ले महोत्तरीका उखु किसानको अवस्था समेटेर मुख्य समाचा छापेको छ । नगदे उखु, उधारो व्यथा शीर्षकमा समाचार छापेको उसले वर्ष दिन बित्दा पनि महोतरीका किसानले ६५ करोड पाउन नसकेको उल्लेख गरेको छ ।

यस्तै भेनेजुएला प्रकरणमा  अमेरिकी राजदुतले प्रधामन्त्री केपीशर्मा ओलीसँग छलफल गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।