आज प्रदेश १ को प्रदेश सभाले आफ्नो पहिलो बैठक संचालन गरेको एक बर्ष पुरा भएको छ। २०७४ माघ २२ गते ज्येष्ठ प्रदेशसभा सदस्य ओम प्रकाश सरावगतीको अध्यक्षतामा पहिलो प्रदेशसभाको बैठक बसेको थियो। सभामुख प्रदीप कुमार भन्डारी र उपसभामुख सरस्वती पोखरेलको सर्वसम्मत चयन भने क्रमशः माघ २९ र फागुन ३ मा भएको थियो।
विश्वभरका हिन्दु धर्मावलम्बीका लागि अस्थाको केन्द्र मानिन्छ, जानकी मन्दिर। जानकी मन्दिरमा पूजाअर्चना गर्न दैनिक सयकडौंको संख्यामा तीर्थालु पुग्ने गरेका छन्।
भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा मुलुकको लोकतन्त्र संकटमा देखिन थालेको विज्ञहरूले बताएका छन्। राजनीतिक नेतृत्वमा चुनाव जित्ने, पदमा पुग्ने, पैसा कमाउने प्रवृत्ति रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको उनीहरूको भनाइ छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का मंगलबार तोडिएको छ। मेलम्ची खानेपानी विकास बोर्डले इटालियन कम्पनी सिएमसीलाई ठेक्का तोडिएको पत्र पठाउन लागेको हो। त्यसका लागि बोर्डमा छलफल भइरहेको छ।
दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ। नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका-४ तिखातरकी २२ वर्षीया पाबर्ती जेठाराको ज्यान जोगिएको हो।
नेपालमा पहिलोपटक एकदिवसीय र टी-२० सिरिज हुने भएको छ। नेपाली राष्ट्रिय टोलीले एकदिवसीय मान्यता पाएपछि पहिलोपटक टी-२० सिरिज हुन लागेको हो । नेपालले २०१९ भित्र एकदिवसीय होम सिरिज आयोजना गर्नैपर्ने प्रावधान छ।
अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंक र वित्तीय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडी बढाउन निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरु सहकार्य गरेर अघि बढ्न निर्देशन दिएका हुन्।
केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विरोधमा उत्रिएको कांग्रेस विद्यार्थी भ्रातृ संगठन र प्रहरीबीच मंगलबार राजधानीको मीनभवनमा भडप भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो।
प्रदेश २ सरकारले दिएको सोनाम ल्होछारको विदा यहाँका विद्यालयहरुले अस्वीकार गरेका छन्। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछारको अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई धनुषाबाट पक्राउ गरेको छ। धनुषाको सबैला नगरपालिका-१० खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ। सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो।
दश प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट बन्द भएका छन्। अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गराएको हो।
रवि पत्नी एवम् चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। निकिताले एक विज्ञप्ति सार्वजनिक गर्दै बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीसामु राजीनामा दिएको जानकारी दिएकी छन्।
प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित पुस्तक ‘कोष’ पुस्तकको एक समारोहकाबीच मंगलबार सार्वजनिक गरिएको छ। ‘सोच’, ‘खोज’, ‘म सक्छु’लगायतका प्रेरणादायक पुस्तक सकेका शाक्यले नयाँ पुस्तक ‘कोष’मा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको बताइएको छ।
अष्ट्रेलियामा भीषण बाढी आएको छ। सो बाढीबाट मंगलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ। यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ। वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...