बुधबार, चैत २५, २०८२

नेपालमा दोस्रो पटक एसी मिलानको जुनियर क्याम्प हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपालमा दोस्रो पटक युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने भएको छ । क्याम्प आगामी चैत अन्तिम साता २४ देखी ३० गते सम्म हुने भएको हो । 

क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको हो । ७ देखि १७ बर्ष मुनिका सहभागी खेलाडीलाई इटालियन क्लब एसी मिलानबाट आएका ५ प्रशिक्षकहरु प्रशिक्षण दिने म्यानेजमेन्टका संयोजक थमन भुसालले बताए । 

सहभागि मध्यबाट उत्कृष्ट हुने १ खेलाडीले इटालीमा रहेको एसी मिलान फुटबल क्लबमा एक हप्ताको प्रशिक्षण गर्न पाउने छन् । यस्तै एन्फाको सिफारिसमा परेको गरिब र जेहेन्दार एक खेलाडीलाई क्याम्पको लागि छात्रवृति प्रदान गरिने छ ।

यसअघि म्यानेजमेन्टले सन् २०१७ मा जुनियर क्याम्प आयोजना गरेको थियो । जसमा १२५ खेलाडी सहभागी भएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।