शुक्रबार, साउन १५, २०८३

नेपाली जनजीवनको यथार्थ चित्रण गरेको कर्णको ‘कोष’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित पुस्तक ‘कोष’ पुस्तकको एक समारोहकाबीच मंगलबार सार्वजनिक गरिएको छ। ‘सोच’, ‘खोज’, ‘म सक्छु’लगायतका प्रेरणादायक पुस्तक सकेका शाक्यले नयाँ पुस्तक ‘कोष’मा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको बताइएको छ। 

समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा गीता त्रिपाठीले पुस्तकको संयुक्तरुपमा लोकापर्ण गरेका थिए। 

सो अवसरमा समता शिक्षा निकेतनका सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पु¥याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कूल स्थापना गरेको जानकारी दिए। 

साहित्यकार डा त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै आज लोकार्पण गरिएको ‘कोष’ पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने छ भने। 

पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउनेछ भने। समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उनले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न सकेको हो भने। 

फाइन प्रिन्टर्सले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य ५०० रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।