बुधबार, चैत २५, २०८२

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रि र टी-२० अन्तर्राष्ट्रिय सिरिज सहित ऐतिहासिक सफलता प्राप्त गरी स्वदेश फर्किएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने सरकाले निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फम्र्याटको सिरिज जितेर फर्केको नेपामली टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए । 

‘अहिलेको अवस्थामा खेलाडीलाई ५० लाख रुपैयाँ दिन सकिँदैन ।’ मन्त्री विश्वकर्माले भने, ‘तत्कालका लागि खेलाडीको हौसला बढाउन ५ लाख दिन सक्ने उनले बताए । तर हामी खेलाडीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर छौँ ।’

सोमबार राष्ट्रिय खेलकुद परिषद्द (राखेप)ले दुवै फम्र्याट्को सिरिज जितेर फर्किएको क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिनुपर्ने सिफारिस गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।