शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाख्राले गहुँ खाएपछि कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार : दुईजना पक्राउ

बाख्राले गहुँ खाएपछि कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार : दुईजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई धनुषाबाट पक्राउ गरेको छ। धनुषाको सबैला नगरपालिका-१० खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खरिहानी बस्ने ३९ वर्षीय सतिश कापर र सोहि ठाउँ बस्ने ६६ वर्षीय चन्दर कापर रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

सोमबार साँझ उमेशमाथिए खुकुरी प्रहार भएको थियो। नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फर्किएका उमेशमाथि ८-१० जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी खुकुरी प्रहार गरेका थिए। उमेशमाथि खुकुरी प्रहार गर्ने व्यक्तिहरु नेकपा कार्यकर्ता रहेको बताइएको छ।

प्रहरीले बाख्राले गहुँ खाइदिएपछि दुईपक्षबीच विवाद हुँदा खुकुरी चलेको जनाएको छ। उमेशको बाख्राले खेतमा गहुँ खाएपछि सतिश, चन्दरलगायतका व्यक्तिहरुसँग विवाद हुँदा खुकुरी चलेको सबैला प्रहरीले जनाएको छ। 

दुई पक्षबीच थप विवाद हुन नदिन घटनास्थल खरिहानीमा दई दर्जन सुरक्षाकर्मी परिचलान गरिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।