फाइल फाेटो
काठमाडौं - केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विरोधमा उत्रिएको कांग्रेस विद्यार्थी भ्रातृ संगठन र प्रहरीबीच मंगलबार राजधानीको मीनभवनमा भडप भएको छ । सरकारले नेविसंघ कास्की जिल्लाका नेताहरुलाई झूटा मुद्दा लगाएर थुनुवामा राखेको विरोधमा उत्रिएका संघका ११ नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत छन् । उनीहरूलाई नेपाल प्रहरी क्लबमा राखिएको छ ।
संघले सरकारको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेको छ । काठमाडौंमा मीनभवनमा भेला भएर जुलुस जिल्ला प्रशासन कार्यालय बबरमहलतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४