बुधबार, चैत २५, २०८२

शीर्षस्थानको लिभरपुलले वेस्टहामसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इंग्लिस प्रमियर लिगमा शीर्षस्थानको लिभरपुल वेस्टहामसँग बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा लिभरपुल वेस्टहामसँग १-१ को बराबरीमा रोकिएको हो । 

वेस्टहामको घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको हो । खेलको २२ औं मिनेटमा पाहुनाटोली लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । लिभरपुललाई सुरुवाती अग्रता दिलाउन साडियो मानेले गोल गरे । 

उनले जेम्स मिल्नरको पासमा गोल गरेका थिए । तर, त्यसको ६ मिनेट नबित्दै वेस्टहामका मिचल एन्टोनिओले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । उनले फेलिपे एन्डर्सनको पासमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । 

खेलका दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरे पनि दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा अंक बाड्न बाध्य भएकन हुन् । 

बराबरी खेले पनि लिभरपुलले शीर्षस्थान कायमै राखेको छ । २५ खेल खेलेको लिभरपुल ६२ अंक सहित लिगको शीर्षस्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ३ अंकको अग्रता हो । यस्तै समान खेलबाट ३२ अंक सहित वेस्टहाम १२ औं स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।