शुक्रबार, साउन १५, २०८३

सडकमा उत्रियो कांग्रेस : सच्चिन सरकारलाई चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सोमबार देशभरका ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गरेको छ। वाइडवडी घोटाला प्रकरण, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो।

सरकारविरुद्धको एक दिने प्रदर्शन कार्यक्रम अन्तर्गत कांग्रेसका केन्द्रीय नेताहरु आफूलाई पायक पर्ने जिल्लामा सहभाति जनाएका थिए। जस अन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै युवा नेता गृह जिल्ला तनहुँको विरोध प्रदर्शनमा सहभागी भएका छन्। उपसभापति विमलेन्द्र निधि धनुषा, महामन्त्री डा शशांक कोइराला नवलपुर, प्रवक्ता विश्वप्रकाश शर्मा चितवन, युवा नेता गगन थापा कास्की, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा, केन्द्रीय सदस्य डा शेखर कोइरालाले मोरङको प्रदर्शनमा सहभागीता जनाएका थिए। 

यस्तै केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकले गृहजिल्ला कञ्चनपुर, केन्द्रीय सदस्य गुरुराज घिमिरेले अर्घाखाँची, केन्द्रीय सदस्य प्रकाशमान सिंह, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, पूर्वसभामुख तारानाथ रानाभाट, प्रतिनिधिसभा सदस्य राजन केसी लगायतका नेताहरुले काठमाडौंको विरोध सभालाई सम्बोधन गरेका छन्।

 काठमाडौंको शान्तिबाटिकामा आयोजित सभामा केन्द्रीय सदस्य सिंहले कांग्रेसले जिम्मेवार प्रतिपक्षको हैसियतमा गरिरहेको रचनात्मक क्रियाकलापलाई सरकारले दुई तिहाइको दम्भमा कमजोरी ठाने जनताले जवाफ दिनेमा आफू ढुक्क भएको बताए। त्यस्तै केन्द्रीय सदस्य नविन्द्रराज जोशीले केपी ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारका लागि जन्मेको सरकारको संज्ञा दिए। उनले भ्रष्टाचार गर्नकै लागि सरकारले दुई तिहाइ पाएको टिप्पणीसमेत गरे।

देशभर प्रदर्शन गरेको कांग्रेसले सरकारलाई आफ्नो अधिनायकवादी शैली सच्चयाउन चेतावनी दिएको छ। बलात्कार, भ्रष्टाचार र हत्या हिंसा रोक्न ठवस कदम चाल्न आग्रह समेत गरेका छन्।  

रत्नपार्कमा निस्किएको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले दमन गर्न खोज्दा केहीबेर झडप भएको थियो। झडपका क्रममा केही कांग्रेस कार्याकर्ता सामान्य घाइते भएका थिए। 
 
तस्बिर: देशभरका विभिन्न ठाउँमा कांग्रेसको प्रदर्शन


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।