शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्साह बोकेर फर्कियो राष्ट्रिय क्रिकेट टोली, जनही पाँच लाखको सिफारिस

उत्साह बोकेर फर्कियो राष्ट्रिय क्रिकेट टोली, जनही पाँच लाखको सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- युएई टुरमा रहेको राष्ट्रिय क्रिकेट टोली आज विजयको उत्साह बोकेर स्वदेश फर्किएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले विमानस्थलमा भव्य स्वागत गरेको थियो। 

राखेपले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ। खेलाडीहरुको स्वागतका लागि विमानस्थल पुगेका राखेपका सदस्य सचिव केशव विष्टले प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाने बताएका हुन्।

युएईविरुद्धका एक दिवसीय र टी-२० दुवै सिरिज जितेको क्रिकेट टोली सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। नेपालले युएईविरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ र टी २० सिरिज पनि २-१ ले नै जितेको थियो।

नेपालले दुवै फर्म्याटमा सिरिज जितेको पहिलोपटक हो। दुबै सिरिजमा नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेल जित्तै सिरिज जितेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।