शुक्रबार, साउन १५, २०८३

नेकपा हाइकमान्ड बैठकमा चर्कियो भेनेजुएलामा काण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको हाइकमान्ड बैठकमा भेनेजुएला कान्ड चर्किएको छ। बैठकमा भेनेजुएला प्रकरणले सिंगो पार्टी विवादमा तानिएको र पार्टीको छविसमेत यसले धक्का लागेको निष्कर्ष निकाल्दै यसबारेमा आन्तरिक छानबिन हुनुपर्ने बताएको छ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ। कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमाथि कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। हाम्रो पार्टी विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ ।’पार्टी संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलाका सिद्धान्तहरुप्रति सदा प्रतिबद्ध रहँदै आएको नेकपाले उल्लेख गरेको छ। 

त्यसैगरी बैठकले नेकपा स्थायी कमिटीद्‍वारा गठित कार्यदललाई तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। 

रामबहादुर थापा बादलको नेतृत्वमा गठित नौ सदस्यीय कार्यदललाई नेकपा हाइकमान्ड भनिएको सचिवालय बैठकले मंगलबारसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आजको बैठक छोटो भएको थियो। कार्यदललाई भोलीसम्म प्रतिवेदन बुझाउन भनेका छौं।’
 
नेकपा स्थायी समितिले बनाएको ९ सदस्यीय कार्यदललाई पार्टी एकताको नयाँ मापदण्ड, केन्द्रीय सदस्यको जिम्मेवारी भागबन्डा, पोलिटब्युरो संख्या लगायतका विषय टुंग्याउन जिम्मेवारी दिइएको थियो।

स्थायी समितिको बैठक गएको मंसिर २८ देखि पुस १३ सम्म बसेको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।