धनगढी – सरकारका पछिल्ला गतिविधिको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ। सोही कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस कैलालीले पनि धनगढीमा जिल्ला स्तरीय वृहत् विरोध प्रदर्शन गरेको छ।
ट्राफिक चौराहबाट सुरु भएको बिरोध जुलुस प्रदेश सभा अगाडी पुगेर सभामा परिणत भएको छ। बिरोध जुलुसमा सहभागी हुन गाउँगाउँबाट हजारौंको संख्यामा नेता कार्यकर्ता धनगढी पुगेका छन्। प्रदर्शनकारीहरुले बढ्दो भ्रष्टाचार र महंगी नियन्त्रण गर, बिधिको साशन कायम गर, डा. गोबिन्द केसीसंगको सम्झौता कार्यान्वयन गर, निर्मलालाई न्याय दे जस्ता नारा लगायतका नारा लगाएका थिए।
कोण सभालाई धनगढी उपमहानगर पालिकाका प्रमुख प्रमुख नृप बहादुर वड, पूर्व राज्यमन्त्री मोहनसिंह राठौर, पूर्व मन्त्री रामजनम चौधरी, प्रदेश सभा संसदीय दलका नेता डा रण बहादुर रावल र पूर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सभापति नरनारायण शाह ‘मनु’ले जानकारी दिए।
भिडियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४