शुक्रबार, साउन १५, २०८३

कांग्रेस कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसको आह्वानमा राजधानीमा जारी विरोध प्रदर्शनमा कांग्रेस कार्यकर्ताले प्रहरी घेरा तोडेका छन्। प्रदर्शनकारीले प्रहरी घेरा तोडेपछि प्रहरीसँग केहीबेर घम्साघम्सी भएको थियो। कांग्रेस जुलुस प्रदर्शनीमार्गबाट रत्नपार्कतर्फ जाँदै थियो। तर सडकमा ट्राफिक व्यवस्थापन नगरिँदा जुलुस त्यता जान सकेन। अनि केहीबेर घम्साघम्सी भएको थियो। लगत्तै प्रहरीले जुलुसलाई सहिदगेटतर्फ पठाइदिएपछि स्थिति साम्य भएको छ। जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने कार्यक्रम छ। सभामा शीर्ष नेताले सम्बोधन गर्नेछन्।

केपी ओली नेतृत्वको वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ लागेको, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले उठाएका मुद्दाहरूलाई सम्बोधन नै नगरी संसद्बाट जबरजस्ती विधेयक पारित गरेको, वाइड बडी भ्रष्टाचारमा छानबिन गर्न नसकेको जस्ता आरोप लगाउँदै कांग्रेसले राजधानीसहित ७७ जिल्लामा प्रदर्शन गरिहेको छ।

सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह काठमाडौंको प्रदर्शनमा सहभागी  छन्। यस्तै महामन्त्री शशांक कोइराला नवलपुर पुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा र उपसभापति विमलेन्द्र निधिले जनकपुरमा आयोजना हुने विरोध प्रदर्शनमा नेतृत्व गर्दैछन्। प्रवक्ता विश्वप्रकाश शर्मा चितवन पुगेका छन् भने गुरुराज घिमिरे अर्घाखाँची, एनपी साउद कञ्चनपुर, गगन थापा पोखरा, प्रकाशशरण महत दाङ पुगेका छन्। केन्द्रीय नेताहरूलाई कुनै ठाउँमा जान भनेर पार्टीले निर्देशन नदिएको तर अधिकांश नेताहरू विरोध प्रदर्शन सफल बनाउन आफ्नो गृहजिल्ला पुगेको कांग्रेसले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।