शुक्रबार, साउन १५, २०८३

पथलैया वीरगंज व्यापारिक मार्गको म्याद छ महिना थपियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – मुआब्जा वितरण र सडक सीमा अतिक्रमणको विववादका कारण पूर्व निर्धारित समयमै पथलैया–वीरगंज  व्यापारिक मार्ग स्तरोन्नतीको काम सम्पन्न हुन नसकेपछि म्याद थपिएको छ।

वीरगंज–पथलैया ६ लेन सडक निर्माणको लागी  ६ महिनाको अवधि थप गरिएको व्यापारिक मार्ग विस्तार आयोजना, वीरगंज–पथलैया ६ लेन सडक कार्यालय, पथलैयाले जानकारी दिएको छ। २०७३ असार २९ गते निर्माण व्यवसायी, ठेकेदार र कार्यालयबीच भएको सम्झौता बमोजिम २०७५ पुस २८ गतेसम्म ६ लेन सडक निर्माण पूरा गर्ने सहमति भएको थियो। अहिले २०७६ असार २८ गतेसम्म निर्माण कार्य सम्पन्न गर्न म्याद थप गरिएको योजना प्रमुख सञ्जयकुमार मिश्रले बताए। 
  
सडक निर्माणको क्रममा पथलैयामा वन क्षेत्र परेको, सीमरा, जीतपुर, परवानीपुर, सुख्खा बन्दरगाहको क्षेत्रमा सडक सीमा अतिक्रमण र मुआब्जा विवादको कारण ढिलोसम्म पनि ठेकेदारले निर्माण कार्य सुरु गर्न नसकेको योजना कार्यालयले जानकारी दिएको छ।

पर्सा वन्यजन्तु निकुञ्जको सीमा क्षेत्रमा पर्ने रुख काट्न वन मन्त्रालयबाट ढिलो गरी गत कात्तिकमा मात्र स्वीकृति आएको थियो।

जीतपुर र परवानीपुर बजारका केही जग्गाधनीले थप मुआब्जा माग गर्दै  सर्वोच्च अदालतमा दिएको उत्प्रेषण मुद्दा गत असोज ७ गते टुंगो लागी सकेको छ। सर्वोच्चले ६ लेन सडक र पाइपलाइन निर्माण नरोक्न आदेश  दिएको हो। 

योजना प्रमुख मिश्रले जीतपुर बजार क्षेत्रमा स्थानीयको अवरोधका कारण ठप्प रहेको सडक बिस्तार कार्य एक साताभित्र सुरु गर्ने गरी कार्यालयले प्राथमिकताको साथ काम गर्ने बताए।  जीतपुरमा स्थानीय बासिन्दाले पाँच दिनभित्र आफैंले सडकको सीमा क्षेत्रभित्रको भौतिक संरचना हटाउने र नभए कार्यालयले नै हटाउने  सहमति भएको योजनाप्रमुख मिश्रको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।