शुक्रबार, साउन १५, २०८३

तीस लाख रुपैयाँ बराबरको अवैध कपडासहित कन्टेनर बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – सदरमुकाम र आसपासको नाकामा प्रहरीले तस्करी नियन्त्रणको लागी सकृयता देखाएपछि चितवनसँग सीमा जोडिएको ठोरी नाकालाई तस्करीको रुटमा जोडेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा वीरगंज र आसपासको छोटी नाकाबाट तस्करी बढेको भन्दै चर्को आलोचना भएपछि प्रहरीले कडाई गर्दा संगठित तस्करीमा संलग्न समूहले ठोरी नाकालाई प्रयोगमा ल्याएका हुन् ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय ठोरीको प्रहरी टोलीले वीरगंजबाट ठोरी हुँदै नारायणगढतर्फ जाँदै गरेको कन्टेनर नियन्त्रणमा लिएर छानबिन गर्दा ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ।
 
ठोरी गाउँपालिका वडा नं. २ बाट प्रहरीले लु १ ख ३३१० नम्बरको कन्टेनरमा धानको बोरा मुनि लुकाएर राखिएको करिब ३० लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो।

बरामद गरिएको कपडामा १९ पोका कपडा, कुर्ता सुरुवाल ३०४ वटा,  सर्टिङ्ग कपडा ३२८० मिटर र सुर्टिङ्ग कपडा ६०० मिटर, कुर्ता कपडा २०६० मिटर र साडी ८८ वटा बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए।

बरामद कपडा करिब ३० लाख ५५ हजार रुपैयाँ बराबरको रहेको उपरिक्षक ढकालले जानकारी दिए।

कन्टेनर सहित चितवन माडी वडा नं. २निवासी कन्टेनर धनी ४४ वर्षिय ऋषि सुवेदी, ट्रक चालक २६ वर्षिय प्रकाश दराई र सह चालक १९ वर्षीय  सुजन दराईलाई समेत नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक ढकालले बताए। 

गत साता मात्र सशस्त्र प्रहरीले अलौं छोटी नाका नजिकैबाट धान बोकेको ट्र्याक्टरबाट चालीस लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको थियो। तस्करी नियन्त्रणमा उदासिनता देखाएको आरोपमा सशस्त्र प्रहरीका दुई जना प्रहरी निरिक्षक विरुद्ध कारवाहीको लागी सशस्त्र प्रहरी मुख्यालय पथलैयाले छानबिन गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।