शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रकान्डका छोराको रिहाईको माग गर्दै इटहरीमा प्रदर्शन

प्रकान्डका छोराको रिहाईको माग गर्दै इटहरीमा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- बिहीवार पक्राउ परेका नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपाका  प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकान्ड)का छोरा नरेन्द्र विश्वकर्माको रिहाईको लागि इटहरीमा र्‍याली निकालिएको छ। 

विप्लव नेतृत्वको नेकपाको बिध्यार्थी संगठन अखिल (क्रान्तीकारी) सुनसरीको आयोजनामा र्याली आयोजना भएको थियो । क्रान्तीकारीका केन्द्रिय कोसाधक्ष समेत रहेका नरेन्द्रको तत्काल रिहाई हुनुपर्ने र दमन बन्द हुनुपर्ने भन्दै र्‍यालीमा नाराबाजी भएको थियो  इटहरीको जनता स्कुल बाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । 

र्‍यालीमा सहभागी कपिल लिम्बुले सरकारले गोलि भेट्टाएको बाहानामा नरेन्द्रलाई फसाएको भन्दै राज्य दमन बन्द हुनुपर्ने बताए ।

पक्रान्ड पुत्र नरेन्द्र बिहिबार साझ ६ बजे विराटनगर विमानस्थलबाट पक्राउ परेका थिए। उनको साथ बाट नाइन एमएम पेस्तोलमा लाग्ने ३ गोलि फेला पारेको मोरङ प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।