शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा 'ज्यानमारा' बन्दै टिपर : ९ को मृत्यु, ४३ घाइते

प्रदेश १ मा 'ज्यानमारा' बन्दै टिपर : ९ को मृत्यु, ४३ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- चालू आर्थिक वर्षमा प्रदेश १ मा टिपरले ९ जनाको ज्यान लिएको छ । टिपरको ठक्करबाट घाइते भएका ४३ जना उपचारत छ्न । 

टिपरले सबैभन्दा धेरै मोरङ र उदयपुरमा ३/३ जनाको ज्यान लिएको छ । यस्तै सुनसरी, भोजपुर र सोलुखुम्बुमा एकएकजनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै टिपर दुर्घटना मोरङमा

उत्तरी मोरङमा धेरै खोलाको दोहन भइरहेको छ ।  नदीजन्य पदार्थ ओसारपसार गर्न यहाँ धेरै टिपर कुद्छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै टिपर दुर्घटना मोरङमा भएका छन् । चालू आर्थिक वर्षमा मोरङमा ६ वटा टिपर दुर्घटना भएका छन् । दुर्घटनामा तीनजनाको ज्यान गएको छ । ज्यान जानेमा गत सोमबार विराटचोकमा मृत्यु भएकी लक्ष्मी ढकालसहित अन्य दुई छन् । कात्तिक १३ गते उत्तरी मोरङकै सुन्दरहरैंचा नगरपालिका १२ मा टिपरले ठक्कर दिएर स्कुटर चालक उदयपुरकी गीता कटुवालको मृत्यु भयो । 

यसपछि मंसिर ११ गते पथरी शनिश्चरेस्थित महेन्द्र राजमार्गमा बाइकलाई ठक्कर दिँदा झापाका पदम राजशंशीको मृत्यु भएको थियो । 

मोरङपछि सबैभन्दा धेरै टिपरले ज्यान लिएको जिल्ला हो उदयपुर । उदयपुरमा चालू आर्थिक वर्षमा चारवटा टिपर दुर्घटना भएका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भदौ १० गते भएको दुर्घटनामा टिपर चालक सल्यानका ३७ वर्षीय मणिराम थापाको मृत्यु भयो । उदयपुरमै असोज ३ गते भएको पिटर दुर्घटनामा त्रियुगाका १० वर्षीय बालक रोमन कार्कीको मृत्यु भयो भने मंसिरमा टिपरले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका सुमन राईको मृत्यु भएको थियो । 

सुनसरीमा चालू आर्थिक वर्षमा दुई वटा टिपर दुर्घटना भएका छन् । दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कात्तिक १५ गते दुर्घटनामा परी इटहरी निवासी लक्ष्मण राईको मृत्यु भएको हो । 
भोजपुर र सोलुखुम्बुमा पनि एकएक जनाको ज्यान गएको छ । भदौ ७ गते टिपर धेरै लोड भएर अनियन्त्रित भएपछि सोलु जलविद्युत् आयोजना क्षेत्रमा ३० मिटर तल खसेको थियो । टिपर खस्दा भारतीय नागरिक पवित्र पालको मृत्यु भयो । 

भोजपुरमा पुस १३ गते भोजपुर नगरपालिकाको गुप्तेश्वर क्षेत्रका बन्दै गरेको मध्यपहाडी राजमार्गबाट ६० मिटर तल टिपर खस्यो । सहचालकले चलाएको अनियन्त्रित टिपर खसेपछि सहचालक रविन खत्रीको मृत्यु भयो । 

रोकिएन दुर्घटना

टिपरले 'रस आवर' मा धेरैको ज्यान लिएको भन्दै १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उक्त समयमा कुद्न निषेध गरेको छ । पुस १ देखि लागू हुने गरी बिहान ९ देखि ११ र दिउँसो ३ बजेदेखि ५ बजेसम्म टिपर मुख्य सडकमा कुद्न निषेध गरेको छ । यसरी निषेध गरे पनि ज्यान लिने काम भने रोकिएन । गत सोमबार बिहान साढे ८ बजे टिपरले मोरङको विराटचोककी ११ वर्षीय बालिका लक्ष्मी ढकाललाई किचेर मार्‍यो । व्यस्त समयमा कुद्न निषेध भएकाले समयमै गिटी पुर्‍याउने नाममा र प्रतिट्रिपको दरले चालकले पैसा खानाले मान्छे मार्ने गरेको टिपरका प्रहरी अधिकारीको भनाइ छ । 

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेलले अब टिपरलाई थप नियमन गर्ने बताए । उनले भने, 'समयसीमा तोक्दा पनि टिपरले मान्छे मार्न रोकेको छैन अब थप नियमन र नियन्त्रका कार्यक्रम आउनेछन् ।'

कत्ति छन् प्रदेश १ मा टिपर ?

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीका अनुसार प्रदेश १ मा ४ हजार ८ सय ७९ वटा टिपर छन् । मोरङमा सबैभन्दा बढी १३७६, सोलुखुम्बु र ताप्लेजुङमा सबैभन्दा कम ५/५ वटा छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।