शुक्रबार, साउन १५, २०८३

अवैध गर्भपतन गराउने ७ वर्षपछि पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भोजपुर- फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि पक्राउ परेको छ । 

अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ । प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो । 

चौसठ्ठी मुद्दा फैसला 

जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ । 

छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मुद्दा परेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।