शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सदरमुकामको विवादले उग्ररुप लिएपछि रुकुमकोटमा कर्फ्यू 

सदरमुकामको विवादले उग्ररुप लिएपछि रुकुमकोटमा कर्फ्यू 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रुकुमकोट- रुकुम पूर्वको सदरमुकामका विषयमा देखिएको विवादले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा कर्फ्यू लगाएको छ । 

स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्यनको मागसहित गोल्खाडा पक्षधरले रुकुमकोटर्मा याली तथा सभा गरी छाड्ने अडान लिएपछि प्रशासनले रुकुमकोटको ठूलो भूगोल समेटेर निषेधाज्ञा जारी गरेको हो ।

सरकारले गोल्खाडामा सदरमुकाम राख्ने निर्णय गरे लगतै रुकुमकोटका स्थानीय आदलत पुगेका थिए । यो विषय अहिले पनि सर्वोच्च अदालतमा विचाराधिन छ । 

अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा गोल्खाडा पक्षधरले रुकुमकोटमा प्रदर्शन तथा सभा गर्ने अडान लिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । रुकुमकोटका स्थानीय कुनै पनि हालतमा कार्यक्रम हुन नदिने पक्षमा थिए । दुबै पक्षबीचको अडानका कारण ठूलो दुर्घटना निम्तिन सक्ने खतरा देखेपछि कर्फु लगाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । 

उनका अनुसार पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५, रानीकोट उत्तरमा सिस्ने गाउँपालिका–६, को रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५, को रुमालबारा हुँदै सहिदपार्कसम्म कफ्र्यु आदेश जारी गरिएको छ । आइतबार बेलुकी ७ बजेटबाट सुरु भएको कर्फ्यू अनिश्चितकालका लागि भएको जनाइएको छ ।

समस्या बढ्दै गएपछि जिल्लामा सुरक्षाकर्मी थपिएका छन् । समस्या समाधानका लागि शनिबार र आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक विना निष्कर्ष सकिएको थियो । दुवै पक्ष अडानबाट पछि नहटेपछि छलफलमा कुनै निस्कर्ष आउन सकेन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।