बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अफगानिस्तानबाट नेपाल पुगेका १२७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगियो

अफगानिस्तानबाट नेपाल पुगेका १२७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगियो

अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगिएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगिएको छ। उनीहरूलाई व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएकोमा विमानस्थलबाट सीधै सामाकोसीस्थित आइसोलेसन सेन्टरमा लगिएको छ।

आइसोलेसनमा सबैको एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित ठाउँमा पठाइने सेनाले जनाएको छ।

अफगानिस्थानको काबुलस्थित अमेरिकी दूतावासलगायत विभिन्न अमेरिकी कम्पनीमा कार्यरत १ सय २७ जना काठमाडौं आइपुगेका छन्। उनीहरूलाई चार्टर्ड विमानमार्फत कुबेत हुँदै नेपाल ल्याएको हो।

उनीहरू जजिरा एयरको विमानबाट मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हुन्। उनीहरूको स्वागतमा काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।

प्रकाशित: Aug 17, 2021| 12:54 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।