काठमाडौं- आज माघ २० गते आइबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
अन्तर्राष्ट्रिय कन्सोर्टिएम खोज पत्रकार समूह (आइसिआइजे) ले स्विस बैंकमा नेपालीको ५२ अर्ब अमेरिकी डलर जम्मा रहेको भनी केही साताअघि प्रकाशित समाचारले नेपालको अर्थ राजनीतिमा तरंग पैदा गराएको छ । यसबारे संसद्मा प्रश्न उठेपछि प्रधानमन्त्रीले जबाफ दिएका छन् । साथै अर्थमन्त्रीले अनुसन्धान गर्न राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएका छन् । तर त्यो छानबिन कुन अधिकारीले कुन कानुनबमोजिम गर्ने भन्ने विषय भने अन्योलमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सबैतिरबाट असफल भएको आरोप लगाएका छन्।
घरेलु हतियार बनाउने एक कारखानामा दाङ्ग प्रहरीले छापा मार्दा ठुलो परिणममा हतियार बरामद भएको छ। दाङको राजपुर गाँउपालीका–७ स्थित जंगलको बिचमा जित बहादुर बुढाले सञ्चालन गरेको आरनबाट घरेलु हतियार बनाइरहेको भन्ने सूचना पाएपछि प्रदेश नम्बर ५ प्रहरीले उक्त आरनमा छापा मारेको हो।
भरखरै मात्र युएईसँग २-१ ले एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज जित्दै पहिलो ऐतिहासिक सफलता प्राप्त गरेको नेपालले दोस्रो ऐतिहासिक सफलता प्राप्त गरेको छ । युएईसँगकै तीन खेलको टी-२० सिरिज पनि २-१ ले जित्दै नेपालले दोस्रो ऐतिहासिक सफलता हात पारेको हो । टी-२० सिरिजको अन्तिम खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यससँगै नेपालले गुमाएको टी-२० मान्यता समेत स्वतह प्राप्त भएको छ ।
नेपाल र यूएईबीचको तेस्रो जारी निर्णायक टी-२० खेलमा नेपालले युएईलाई १ सय ५ रनको लक्ष्य सुम्पेको छ । बर्षाले प्रभावित भएका कारण १० ओभरमा छोट्याएको खेलमा नेपालले ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन्।
नेपाली कांग्रेसका सांसद गगन थापाले माघ २१ गते कांग्रेसको को भन्ने कुरा कम्युनिस्ट सरकारले थाह पाउने बताएका छन्।आइतबारको संसद बैठकमा बोल्दै थापाले भने,कांग्रेस कहाँ छ, कांग्रेस कस्तो छ भोलि नै थाहा हुनेछ।'
गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।
गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन्। काठमाडौं मलका व्यवसायीहरुलाई घम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिड चार सातामा तीनपटक आमने समाने हुने भएका छन् । ६ फेब्रअरी राती बार्सिलोना र रियल स्पेनिस कोपा डेल रे’को सेमिफाइनलका लागि पवहिहलो लेगमा आमने सामने हुँदै छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ। संवैधानीक आयोगमा माघ ६ गते सिफारिस प्रस्तावित अध्यक्ष विरुद्ध उजुरी आह्वान गरिएकोमा कांग्रेसका सांसदहरुले सिफारिसप्रति लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन्। समितिले उजुरीका लागि १० दिनको समय दिएको छ।
सरकारले हचुवाको भरमा ल्याएको 'स्मार्ट लाइसेन्स' अन्ततः बन्द हुने अवस्थामा पुगेको छ । सरकारले तयारी बिना नै पपुलर बन्न स्मार्ट प्रविधिमा आधारित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने निर्णय गरेको थियो । तर अहिले मागबमोजिम आपूर्ति गर्न नसकेपछि स्मार्ट लाइसेन्स नै बन्द हुन लागेको हो ।
आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११, मा भारतीय पक्षले दशगजा क्षेत्रमा पुनः एकपक्षीय रुपमा नाली निर्माण तथा तारजाली बनाउने काम अघि बढाएको छ ।
संघीय संसदअन्तर्गतका दुबै सदनको बैठक आज (आइतबार) बस्दै छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेका लागि डाकिएको छ।
भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । आइतबा बिहान सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना हुँदा सो हताहती भएको हो ।
कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सरकारले केन्द्र मातहत रहने प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली बनाउने तयारी गरेको छ । सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ ।
स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थनको बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासाग २-२ को बराबरीमा रोकिएको हो ।
नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुनःनिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४