शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङ्गको हतियार कारखानामा प्रहरी छापा, ठुलो परिणाममा हतियार बरामद 

दाङ्गको हतियार कारखानामा प्रहरी छापा, ठुलो परिणाममा हतियार बरामद 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – घरेलु हतियार बनाउने एक कारखानामा दाङ्ग प्रहरीले छापा मार्दा ठुलो परिणममा हतियार बरामद भएको छ। दाङको राजपुर गाँउपालीका–७ स्थित जंगलको बिचमा जित बहादुर बुढाले सञ्चालन गरेको आरनबाट घरेलु हतियार बनाइरहेको भन्ने सूचना पाएपछि प्रदेश नम्बर ५ प्रहरीले उक्त आरनमा छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी निरीक्षक राजन गौतमले दिएको जानकारी अनुसार ६३ वर्षीय बुढाले सञ्चालन गरेको आरनबाट हतियार बनाइरहेको सूचना पाएपछि उक्त स्थानमा छापा मारिएको हो। जंगलको बिचमा रहेको उनको घर भारतीय सिमावर्ती इलकामा पर्छ। बुढाले लामो समयदेखि हयिार उत्पादन गरेको प्ररम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ।

उनले सञ्चालन गरेको आरनबाट ६ थान भरुवा बन्दुक, एयर गन  तीन थान, १२ बोरको राइफल एक थान, कटुवा पेस्तोल एक थान, रिभल्वर एक थान,  सानो बन्दुकको नाल १२ थान, ठुलो बन्दुकको नाल २९ थान, हतियार यत्पादन गर्न आवस्यक पर्ने कच्चा पदार्थ र बनाउने मेसिन समेत प्रहरीले बरामद गरेको छ।

जितबहादुर बुढाले उत्पादन गरेको हतियार कहाँ र कसरी प्रयोग भैरहेका थिए भन्ने बिषयमा अनुसन्धान जारी रहेको दाङ्ग प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।