बिहीबार, साउन १४, २०८३

बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

 |  बिहीबार, साउन १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०८३

काठमाडौं- बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन्।
 
नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरुलाई आज विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
 
पक्राउ पर्नेमा बैतडीका रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ र रूपन्देहीका शिशिर पौडेल छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको ब्यूराका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए।

प्रकाशित: Jul 30, 2026| 06:26 बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्