शुक्रबार, साउन १५, २०८३

टी-२० सिरिज जित्दै नेपालले रच्यो दोस्रो इतिहास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भरखरै मात्र युएईसँग २-१ ले एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज जित्दै पहिलो ऐतिहासिक सफलता प्राप्त गरेको नेपालले दोस्रो ऐतिहासिक सफलता प्राप्त गरेको छ । युएईसँगकै तीन खेलको टी-२० सिरिज पनि २-१ ले जित्दै नेपालले दोस्रो ऐतिहासिक सफलता हात पारेको हो । टी-२० सिरिजको अन्तिम खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यससँगै नेपालले गुमाएको टी-२० मान्यता समेत स्वतह प्राप्त भएको छ ।
 
बर्षाले प्रभावित १० ओभरमा छोट्याएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित ओरभमा ८ विकेट गुमाउँदै मात्र ९० रन बनाउन सक्यो ।

युएईका लागि सैमन अन्वरले ३० रन जोडे । उनले २० बल खेल्दै २ चौका र २ छक्का प्रहारेका थिए । गुलाम साब्बरले २५ र मोहमद बुटाले ११ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन् । 

नेपालका लागि करन केसी, ललित राजव‌ंशी र अभिनाश बोहराले दुई दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामीछानेले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि आक्रमक ब्याटिङ प्रस्तुत गर्दै युवा ब्याट्सम्यान सन्दीप जोराले २८ रन जोडे । उनले मात्र ११ बल खेल्दै तीन छक्काको मद्दतमा २८ रन जोडेका हुन् ।

त्यस्तै कप्तान पारस १४ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे । विनोद भण्डारीले २१, उपकप्तान ज्ञानेन्द्र मल्लले ११, करन केसी १०, दिपेन्द्र सिंह एरी २, ओपनर पवन सराफ, सन्दीप लामिछाने र सोमपाल कामी रन बिहिन भए । युएईका लागि मोहमद नाभिद र सुल्तान अहमदले २ तथा जाहोर खान, मोहमद बुटा र आमिर हायातले एक एक विकेट लिए ।

नेपालको यस्तो थियो टी-२० इतिहास 

यसअघि टी-२० का दुई सिरिज खेलेको नेपाल जित विहिन थियो । तर, यो सिरिज जित्दै नेपालले इतिहास रचेको छ । सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । पहिलो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदै नेपालले उत्ष्कृट प्रदर्शन गर्यो । उक्त उत्कृष्ट प्रदर्शन कै कारण आईसीसीले नेपाललाई त्यसै वर्ष टी-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।

त्यसपछि नेपालले दुई देशसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने मौमा पाएकाे थियो । तर, दुईटै सिरिज गुमाउन पुग्यो । आईसीसीले टी-२० अन्तर्राष्ट्रिय मान्यता दिए लगत्तै नेपालले हङकङसँग ४ टी-२० सिरिज खेल्ने मौका पायो ।

जुन सिरिज श्रीलंकामा भएको थियो । तर, वर्षाका कारण सिरिजका तीन खेल स्थगित भए । सिरिजको अन्तिम खेलमा हङ्कङसाग पराजित हुँदै नेपालले पहिलो आईसीसी टी-२० अन्तर्राष्ट्रिय सिरिज १-० ले गुमायो । 

त्यसपछि सन् २०१५ मा नेपालले नेदरल्यान्डसँग थप ४ टी-२० सिरिज खेल्ने अवसर पायो । जुन सिरिज टी-२० विश्कप छनोट अघि अभ्यासको रुपमा पाएको थियो । तर, त्यो सिरिज नेपालले ३-१ ले गुमाएको थियो ।

सन् २०१५ मा टी-२० विश्वकप छनोट खेल्दा नेपालले खराब प्रदर्शन गर्यो । जहाँ खराब प्रर्दशन गर्दै नेपाल छनोटको समूह चरणबाटै बाहिरियो । अनि आईसीसी टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको एक बर्षमै नेपालले टी-२० मान्यता गुमाउन पुग्यो । 

२९ जुलाई २०१८ मा नेपालले नेदरल्यान्ड र एमसिसिसँग त्रिकोणात्मक टी-२० सिरिज लर्ड्समा खेल्ने मौका पाएको थियो । वर्षाले प्रभावित हुँदा ६ ओभरमा झारिएको खेलमा नेपालले एमसिसिलाई ९ विकेटले पराजित गर्यो । त्यसै दिन नेपाल र नेदरल्यान्डबीचको दोस्रो खेल वर्षाको कारण पुरा हुन सकेन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।