शुक्रबार, साउन १५, २०८३

बबिता मृत अवस्थामा फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत ललितपुरस्थित आफ्नै कोठामा आत्महत्या गरेको अवस्थामा मृत फेला परेकी छन्।

ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेत आइतबार कोठा भित्र झुण्डिएको अवस्थामा भेटिएकी हुन्। 

प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीको टोलीले कोठा पुगे लगत्तै ढोका फोरेर हेर्दा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो। 

घटना संकास्पद भएको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बबिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो । रोशन ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।