बुधबार, चैत २५, २०८२

नेपालले दियो युएईलाई १०५ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल र यूएईबीचको तेस्रो जारी निर्णायक टी-२० खेलमा नेपालले युएईलाई १ सय ५ रनको लक्ष्य सुम्पेको छ । बर्षाले प्रभावित भएका कारण १० ओभरमा छोट्याएको खेलमा नेपालले ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको हो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपलका लागि निकैनै आक्रमक ब्याटिङ प्रस्तुत गरेका युवा ब्याट्सम्यान सन्दीप जोराले २८ रन जोडे । उनले मात्र ११ बल खेल्दै तीन छक्काको मद्दतमा २८ रन जोडेका हुन् । 

कप्तान पारस खड्काले २९ रन जोडे । उनले १४ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडेकमा हुन् । विनोद भण्डारीले २१ रन जोडे । उनले १३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । 

उपकप्तान ज्ञानेन्द्र मल्लले ११, करन केसी १०, ओपनर पवन सराफ शुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह एरी २, सन्दीप लामिछाने र सोमपाल कामी शुन्य  रनमा आउट भए । युएईका लागि मोहमद नाभिद र सुल्तान अहमदले २, तथा जाहोर खान, मोहमद बुटा र आमिर हायातले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।