बुधबार, चैत २५, २०८२

नेपाल र यूएईबीचको खेल केहि बेरमा सुरु हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- वर्षाले प्रभावित भएको नेपाल र यूएईबीच जारी टि-२० सिरिजको तेस्रो खेल केही बेरमा सुरु हुने भएको छ । बर्षा रोकिएकाले खेल केही बेरमा सुरु हुने बताईएको हो । 

नेपाली समय अनुसार २:४५ बजे सुरु हुने भिनएको खेल निरन्तर वर्षा र हावाहुरीका कारण केही बेर ढिलो भएको थियो । अब खेल आधा घन्टामा टस हुनेछ बताईएको छ । 

आउटफिल्ड राम्रो रहेकाले खेल चाडैं सुरु हुने भएको हो । खेल २० ओभरभन्दा कम हुनेछ र कति ओभर भन्ने टसपछि मात्र यकिन हुन सक्नेछ । खेल १० देखि १२ ओभर प्रति टोलीको हुने सम्भावना छ । 

युएईसँगको तीन खेलको टी-२० सिरिज १-१ को बराबरीमा छ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा विजयी भएको थियो । 

दोस्रो खेलमा नेपालका लागि युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले विजित ४७ रन जोडे पछि ४ विकेटले नेपालको जित सम्भव भएको थियो । यसअघिको एकदिवसीय सिरिज जित्दै नेपालले पहिलो पटक ऐतिहासिक सफलला पाएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।